#


दाङमा चट्याङ लागेर तीन बालबालिकाको मृत्यु

  सवाल नेपाल   २०७६ असार १०, मंगलवार २०:१९ मा प्रकासित

दिनेश आचार्य/ दाङ । दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

बेलुकी ६:२५ बजे राप्ती गाउँपालिका वडा नम्बर–८ मौरीघाटमा चट्याङ लागेर तीनको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा १३ वर्षीय साजन चौधरी, ११ वर्षीय रमित चौधरी र ११ वर्षीय विनाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ घाइते भएका ८ वर्षीय अविनाश चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार हुँदैछ ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङले मृत्यु भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु