#


रौतहट प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते २ कैदीको मृत्यु

    २०७६ असार १०, मंगलवार २१:५० मा प्रकासित

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना १ झ ५३८९ नम्बरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रौतहट चन्द्रपुर नगरपालिका १–का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका ९ का रमेशकुमार चौधरी रहेका छन् ।

साह लागू औषध मुद्धामा सजाय भोगिरहेका थिए भने चौधरी सवारी दुर्घटनाको ज्यानमुद्धामा सजाय भोगिरहेका थुनुवा थिए । गम्भीर घाइते भएका चौधरी र साहलाई उपचारका क्रममा पीरगञ्ज पठाउँदै गर्दा मृत्यु भएको हो ।

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ । रातो पाटि बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु