काठमाडौं । हिजो मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ आज ओरालो लागेको छ । आज बुधबार छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजाबी सुन आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्ने सक्ने छ। डिसी नेपाल बाट



