१५ चैत । नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने भएको छ । बर्षा अघिनै मूख्य काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको क्रममा रहेको खडक खण्ड ६ घण्टा बन्द हुने भएको हो । आयोजनाले यस अघिनै चैत १५ देखि सडकखण्ड दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वन्द हुने जनाएको थियो । तीव्र गतिमा काम सम्पन्न गर्न वन्द समय बढाएर ६ घण्टा पुर्याएको आयोजनाले जनाएको छ । यसअघि पनि दैनिक साढे चार घण्टा सडक बन्द हुने गरेको थियो । सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ । एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको थियो । निर्धारित समय सकिनु एक महिना मात्रै बाकी रहदा आयोजनाको काम भने ४१ प्रतिशत मात्र सकिएको छ । नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अर्ब रुपैया ऋण सहयोगमा विस्तारको काम भइरहेको छ । ३६ किलोमिटर लामो नारायणगढ-मुग्लिन सडकमध्ये ३३ किलोमिटरमा विस्तारको काम जारी छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने
सवाल नेपालसंवाददातामंगलबार, १३ चैत २०७३

नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



