झापा । झापाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७६/०७७ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

झापाका स्थानीय सरकारले नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दा आफ्ना स्थानीय तहका पत्रकारहरूलाई औपचारिक खबर नगरी सार्वजनिक गरेको पाइएको छ । पत्रकारलाई कार्यक्रम सहभागीका लागि निम्तो नगर्दा स्थानीय तहको बजेटको विषयमा समाचार बाहिर आएको छैन । झापामा १५ वटा स्थानीय तह छन् । त्यसमध्ये केही स्थानीयले पत्रकारलाई बोलेका थिए, भने केही स्थानीय तहले पत्रकार बोलाउन प्रयोजन ठानेनन् । विशेष गरी झापाको सबै भन्दा पुरानो नगरपालिका भद्रपुर, मेचीनगर, बिर्तामोड, हल्दिवारी, कचनकवल, झापा लगायतका स्थानीय तहले पत्रकारलाई खबरै नगरी नगर सभामार्फत बजेट सार्वजनिक गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अरुबेला पालिकाहरूले सामान्य कार्यक्रमको प्रचारप्रसारका लागि पत्रकारहरूलाई आमन्त्रण गर्दै आइरहेका थिए । तर, बजेट सार्वजनिक जस्तो विशेष कार्यक्रममा पालिकाहरूले पत्रकारलाई जानकारी नै दिएन । पालिकाहरूले नियुक्त गरेको पत्रकारहरूलाई मात्र सो कार्यक्रममा आमन्त्रण गरेको पाइएको छ । भद्रपुर नगरपालिकाले आफ्नो बजेट सार्वजनिक गर्दा नगर सभामा भद्रपुरका कुनै पत्रकार खबर गरेको थिएन । पत्रकार सहभागी कार्यक्रममा जनप्रतिनिधिहरूले गोप्य कुरा फुत्किने हो भन्ने डरले पत्रकार नबोलाएको हुन सक्ने एक जनप्रतिनिधिले बताए । ‘हामी पनि छक्क पर्‍यौ, जनप्रतिनिधिले भने, बजेट सार्वजनिक जस्तो कार्यक्रममा स्थानीय पत्रकार देखेनौ, अनि पत्रकारले बजेट सम्बन्धी समाचार कसरी सार्वजनिक गर्छन् छ ? त्यस्तै मेचीनगर नगरपालिकाले पनि स्थानीय पत्रकार बोलाएनन् ।

मेचीनगरबाट सञ्चालित सञ्चार क्षेत्रका पत्रकारलाई नगर सभामा खबर नै नगरेपछि कुनै पत्रकार पनि कार्यक्रममा उपस्थित भएनन् । नगरले ल्याउने बजेटका विषयमा व्यापक प्रचार गर्नुपर्नेमा नगरपालिकाले सञ्चारको महत्त्व बुझ्न नसकेको विषयमा टिप्पणी सुरु भएको छ । उता बिर्तामोड नगरपालिकाले पनि पत्रकार नबोलाएर नगर सभा सुरु गरेको छ । बिर्तामोडका पत्रकार समेत नगर सभाको जानकारी गराइन । टाइम्स अफ प्रदेश बाट साभार