काठमाडौं । श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न ३० वर्षीय सन्तोष कार्कीपक्राउ परेका छन् ।

महानगरी प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आज कार्कीलाई सार्वजनिक गरेको हो । आरोपी कार्कीले सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार कार्की मानसिक बिरामी हुन् । उनले किन र के कारणले आक्रमण गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

यस्तै धर्तिमाता भनिने विष्णु कुँवरलाई पनि प्रहरीले आजै सार्वजनिक गरेको छ । कुँवरले केहीदिनअघि सार्वजनिक स्थलमै एक युवतीलाई बोक्सीको आरोप लगाउँदै पिटेकी थिइन् । उनले युवतीलाई पिटेको भिडियो भाइरल बनेपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थालेको छ ।