झापा । झापामा मोटरसाइकल चोरीका घटना बढेसँगै प्रहरीले चोरी गरिएको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरादह नगरपालिका बस्ने विजय चौधरी, सोही नगरपालिका डाँगीवारि बस्ने करण चौधरी, सोही ठाउँका रोविन चौधरी र विनोद मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

मोटरसाइकल चोरीमा संलग्न उनीहरूले पार्किङ गरी राखेको ह्याण्डिल लक भएका मोटरसाइकलसमेत चोरी गरी फरार भएका थिए। चारै जनालाई विशेष सूचनाको आधारमा चारवटा चोरीको मोटरसाइकलसहित शिवगञ्जबाट पक्राउ गरिएको उनले बताए। पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको विषयमा प्रहरीमा उजुरी पर्न थालेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘केही दिन अघि बिर्तामोड, दमक र कनकाईको माइधारबाट चारवटा मोटरसाइकल चोरी भएको मोटरसाइकल धनीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भयोु, डिएसपी श्रेष्ठले भने। पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ, भने फेला परेको चोरीको मोटरसाइकल सम्बन्धित धनीलाई कानुनी प्रक्रियापश्चात् बुझाइने जनाइएको छ।