#

यस्तो एप सार्वजनिक लुगा लगाए पनि नग्न हुने

  एजेन्सी   २०७६ असार १४, शनिबार १४:३० मा प्रकासित

काठमाडौं – महिलाहरूको झूटो नग्न तस्वीर बनाउनका लागि कृत्रिम प्रज्ञा र आल्गोरिदम प्रयोग गर्ने याप विकसित गरिएको छ । यापको नाम डीपन्युड हो र यसले सामाजिक सञ्जालमा अप्लोड गरिएको कुनै पनि महिलाको तस्वीरबाट सबै लुगा हटाइदिन्छ ।

यो याप प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गरिन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउन माग उठेको छ । यापको खबर सार्वजनिक भएपछि यसलाई अन्लाइनबाट हटाइएको छ ।

धेरै मानिसले यसमा चासो देखाएकाले अहिलेलाई यसलाई अफलाइन बनाइएको डिभेलोपरहरूले बताएका छन् ।

अज्ञात डिभेलोपरहरू यापमा भएको समस्यालाई सुधारेर केही दिनमा फेरि आउने बताएका छन् । यापको फ्री भर्जनमा तस्वीरहरूलाई ठूलो वाटरमार्कले ढाकिएको छ । याप डाउनलोड गर्न ५० डलर तिर्नुपर्छ र त्यसपटि वाटरमार्क हट्छ । तर फेक (झूटो) लेखिएको स्ट्याम्प मास्तिरको देब्रे कुनामा भेटिन्छ ।

यो यापलाई क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धाताहरूले सन् २०१७ मा बनाएको विश्वास गरिएको छ । यापले महिलाहरूको मात्र झूटो नग्न तस्वीर बनाउँछ । पुरुषको तस्वीर बनाउन खोज्दा योनिसहितको पुरुष बनाइदिन्छ ।डीपन्युड वेबसाइटले आफूलाई अफलाइन अटोमेटेड सफ्टवेयर भनेको छ जसले फोटो बदलेर झूटो नग्न तस्वीर बनाउँछ । एजेन्सी

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु