काठमाडौ, १४ असार । बिहानको समयमा काठमाडौँको जमलमा कार दुर्घटनामा भएको छ । केशरमहल क्षेत्रबाट जमलतर्फ गइरहेको बा११च ३६०४ नम्बरको कार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा चालक सहित तीन जना रहेको बताइएको छ । घटनामा चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । अन्य दुईजनालाई पनि सामान्य चोट लागेको बताइएको छ ।
गलत लेनबाट हुइँकिदै आएको उक्त गाडी सडकको रेलिङमा ठोक्किएको थियो । रेलिङसँगको ठक्करबाट कारको इन्जिन बाहिर निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।
उछिट्एिको उक्त कारले रोकिराखेको पर्यटक चढ्ने माइक्रोलाई पनि ठक्कर दिएको छ । ठक्करले माइक्रोमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।










