मोरङ– मोरङमा २२ वर्षीय एक युवकले आफ्नै लिंग चक्कुले काटेर दुई टुक्रा बनाएका छन् । लेटाङ नगरपालिका–३ मिलन चोकका सुनील राईले आफ्नै लिंग काटेर दुई टुक्रा बनाएका हुन् । राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिंग काटेका हुन् ।
चार वर्षअघि बिहे गरेका राईले केही समययता असामान्य व्यवहार देखाउँदै आएको उनको परिवारले जनाएको छ । हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । राईलाई नर्मल वार्डमा राखेर उपचार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ ।
सुरुमा राईलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको तर त्यहाँ उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । तीन वर्षका छोराका बाबु बनिसकेका राई नियमित मदिरा सेवन गर्ने गर्थे । उनी केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिँड्ने गरेको उनका बुबालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पारिवारसँग उनको सम्बन्ध राम्रै रहेको बताएको छ । तर, उनले किन यस्तो गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।










