मेष – आर्थिक कारोबारमा वृद्धि हुनेछ । धनसम्पतिको सहयोग मिल्नाले कारोबारमा सहज हुनेछ । दाजुभाइको सहयोग मिल्नाले काम छिटो बढ्नेछ । आत्मबल बढ्नाले काममा प्रशंसा मिल्नेछ । सानो यात्राको सुख मिल्नेछ भने वैदेशिक कामको फाइदा आउनेछ । साताको अन्त्यमा भने काममा ढिलासुस्ती हुने तथा पारिवारिक तनाव बढ्नाले काम रोकिन सक्नेछ । मित्रबाट सामान्य धोका हुनेछ ।

वृष – प्रशन्नता एवम खुशियाली बढ्नेछ । साथीभाइसँगको भेटघाटमा रमाइलो गरिनेछ । बोलीको प्रभाव पर्नाले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । भोजको सुख एवम पारिवारिक भेटघाट रहनेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन हुने, यात्राको सुख मिल्ने एवम भाइबन्धुसँगको सहकार्यमा अधुरा काम पुरा हुने देखिन्छ ।
मिथुन – बढी खर्च हुनेछ । सरसामान हराउने एवम नोक्सानी बेहोर्नुपर्नेछ । अपव्यय हुनाले सञ्चित धनमा ह्रास आउनेछ । साताको मध्यमा भने पारिवारिक भेटघाट एवम प्रेममा प्रगति हुनेछ । रमाइलोमा खर्च हुनाले सञ्चित धनमा कमि आउनेछ । साताको अन्त्यमा भने धन सम्पति बढ्ने, घरजग्गाको कारोबारमा फाइदा हुने एवम नयाँ इष्टमित्रसँग सम्बन्ध अगाडि बढ्नेछ ।
कर्कट – व्यवसायमा बढी लाभ हुनेछ । भोग बिलासमा खर्च हुने एवम घरायसी किनमेलमा पैसा जानेछ । आकस्मिक लाभ मिल्ने तथा साथीभाइको सहयोग आउनेछ । साताको मध्यमा भने यात्रामा सास्ती एवं खर्च बढ्नेछ । अप्रिय समाचार सुन्नुपर्ने एवम स्वास्थ्यमा बाधा हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति एवं योजनामा सफलता मिल्नेछ । आफन्तको सहयोगले काममा प्रगति देखिन्छ ।
सिंह – राजनीतिक लाभ मिल्नेछ । कर्मको प्रशंसा हुनाले आत्मबल बढ्नेछ । व्यापारमा फाइदा एवम धन सम्पतिको जोहो हुनेछ । आम्दानी बढ्नाले ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने, शारिरीक बिसञ्चो हुने एवम अकश्मात खर्च गर्नुपर्ने देखिन्छ ।
कन्या – धर्म कर्ममा रुचि बढ्नेछ । सामाजिक एवम परोपकारी काममा सामेल भइनेछ । धार्मिक यात्रा एवम ठुलाबडासँग भेटघाट हुनेछ । रोजगारीको अवसर मिल्ने एवम प्रशंसाको भागिदारी भइनेछ । आम्दानीको श्रोत बढ्नाले धन सञ्चिती बढ्नेछ । सवारी साधनको सुख एवम नयाँ मित्रसँग रमाइलो हुनेछ ।
तुला – अरुले अप्ठ्यारो पार्नेछन् । काममा बीचमा रोकिने एवम अपजसको भागिदारी भइनेछ । साताको मध्यमा भने वैदेशिक काम बन्ने एवम काममा नाफा मिल्नेछ । भाग्यले साथ दिनाले अधुरा काम पुरा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने एवम राजनीतिमा पहुँच मिल्नेछ । नयाँ जिम्मेवारी थपिनाले काममा व्यस्तता बढ्नेछ ।
वृश्चिक – व्यवसायिक यात्रा हुनेछ । पतिपत्नी भेटघाट एवम प्रेममा प्रगति देखिन्छ । साझेदारीमा फाइदा मिल्नाले नयाँ योजना बन्नेछ । साताको मध्यमा भने आर्थिक संकट हुने एवम अकश्मात झमेला आउनेछ । आफन्तबाट असहयोग हुनाले फाइदा अरुलाई जानेछ । साताको अन्त्यमा भने वैदेशिक काम बन्ने एवम यात्राको सुख मिल्नेछ ।
धनु – नयाँ मित्र भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनाले काममा सुचारुता हुनेछ । अड्किएको काम अघि बढ्ने तथा मित्रहरुको सहयोग मिल्नेछ । प्रेमि प्रेमिका बीच सहयोग आदान प्रदान हुनेछ । व्यावसायमा व्यस्तता बढ्नाले घरायसी काम अधुरो रहनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या, मनमा चिन्ता एवम काममा अड्चन देखिनेछ ।
मकर – अध्ययनले सफलता दिनेछ । बौद्धिक काममा रुचि एवम कला संगीतमा मन जानेछ । सन्तानबाट सहयोग मिल्नाले गरेको काममा फाइदा हुनेछ । मुद्दा मामिला किनारा लाग्ने एवम विरोधी पक्षसँग भय हट्नेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने एवम पारिवारीक भेटघाटको योग बन्नेछ ।
कुम्भ – घरायसी झमेला बढ्नेछ । सम्पतिको कलह एवम परिवारमा मनमुटाव हुनेछ । साताको मध्यमा भने विद्यामा प्रगति एवम बौद्धिक स्तर वृद्धि हुनेछ । अध्ययनमा मन जानाले प्रशंसाको भागिदार भइनेछ । सन्तानको सुख मिल्ने एवम आम्दानीको स्तर बढ्नेछ । नयाँ वस्त्रको सुख एवम सवारी साधनमा खर्च हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार आउने एवम काममा प्रगति देखिन्छ । खेलकुदमा मन जाने तथा आफ्ना सहयोगीको सद्भाव रहनेछ ।
मीन – काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिनाले यात्रा गर्नुपर्नेछ । नयाँ काम सुरुवात हुने तथा साथी भाइमा सहयोग मिल्नेछ । साताको मध्यमा भने मनमा अशान्ति बढ्ने, प्रेममा धोका हुने तथा मित्रसँग मनमुटाव रहनेछ । साताको अन्त्यमा भने अध्ययनमा मन जाने एवम कला क्षेत्रमा रुचि बढ्नेछ । आध्यात्मिक भावना बढ्नाले सामाजिक काममा व्यस्तता हुनेछ । व्यापार व्यवसायमा भने राम्रो आम्दानी हुनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



