काठमाडौं । सर्लाहीको लालबन्दीमा शनिबार दिउँसो अज्ञात समूहबाट गोली प्रहार भएको छ । गोली प्रहारबाट लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् । मोटरसाइकलमा आएको दुई जनाको टोलीले मध्यान्ह करिब १२ बजे काम गरिरहेको ठाउँमा महतोमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मन्दिर निर्माणमा मजदुरी गरिरहेका महतोमाथि गोली हानी उक्त समूह मोटरसाइकलमै जंगलतर्फ भागेको छ । गोली प्रहारबाट महतोको दाहिने हातमा चोट लागेको छ । महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसम्म गोली हान्नुको कारण र समुहबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली हान्ने समुहलाई स्थानीयले देखेपनि पहिचान गर्न सकेका छैनन् । गोली हान्ने समुहले प्रयोग गरेको मोटरसाइकल नम्बर खुलेको छैन् । स्थानीयका अनुसार गोली हान्ने समुह बहिरबाट आएको हो । रातो पाटीले यो खबर लेखेको छ