काठमाडौंको चन्द्रागिरीमा एक किशोरीले एसईईको नतिजाका कारण शनिबार झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भएकी सदिक्षा पौडेलले चन्द्रागिरी १२ स्थित बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले एसईईमा ३.६ जिपीए ल्याएकी थिइन् ।

‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पौडेलको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।