काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै गरी तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।









