काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर सामान्य बदलि भइ देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ ।
सोमबार महाशाखाद्वारा जारी बुलेटिनमा देशभर सामान्य बदलि भइ पूर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लखे छ ।
साथै मध्य र पूर्वका विशेषत तराई भू–भागका एक दुई स्थानहरुमा र पश्चिमका विशेषत पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
आगामी तीन दिनको मौसम
असार १६ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य र पूर्वका विशेषत तराई भू–भागका एक दुई स्थानहरुमा र पश्चिमका विशेषत पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असार १७ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदलि भई देशका पश्चिमी भू–भागका धेरै स्थानहरुमा र पूर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघ गर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार १८ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदलि भई देशका मध्य र पश्चिमी भू–भागमा मेघ गर्जनसहितको वर्षाको र देशका पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमका थोरै स्थानहरूमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।










