काठमाडौं – संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो ‘फायरिङ’ भएको जनाइएको छ ।

प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले फायर गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनामा कसैलाई पनि नोक्सानी नभएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार गस्तीमा गएको प्रहरीमाथि विप्लवका कार्यकर्ताले फायरिङ गरेका थिए । विप्लव नेकपाबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन । लोकान्तर बाट साभार