भक्तपुर, १६ असार । चाँगुनारायण–७ बाँसबारीकी एक महिलाको हत्या आरोपमा छोरीसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ६० वर्षीया साबित्री भट्टराईको हत्यामा संलग्न चार अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङ गजुरीबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भट्टराइको छोरी ईश्वरी भट्टराई, सिरहाका मोहम्मद नौशाद, अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइस रहेका छन्।
आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ । ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । प्रेम सम्बन्ध आमाले प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई सुपारी दिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान भट्टराईको चक्कु प्रहार गरी भएको हत्या भएको थियो ।










