सुदुरपश्चिमको केन्द्रमा रहेको पहाडी जिल्ला डडेल्धुरामा पिउने पानीको चरम समस्या देखिएको छ ।
केहि महिना यता निरन्तरको लामो खडेरीका कारण सुपका अन्य जिल्लाहरुमा जस्तै यहाँका बासिन्दाहरु समेत पिउने पानीको समस्या भोगिरहेका छन्।
लामो समय सम्मपनि पानी नपर्दा ,भएका पानीका मुहानहरु समेत क्रमश: सुक्दै गैरहेका छन् भने भएका मुहानहरु समेत उचित संरक्षण तथा बनबिनाशका कारण लोप हुँदै गैरहेका छन्।
डडेल्धुरा जिल्ला भित्रै रहेको धार्मिक तथा पर्यटकिए क्षेत्र समेत मानिने उग्रतारा मन्दिरमा समेत केही महिना एता पिउने पानी उपलब्ध छैन,जसका कारण मन्दिर घुम्न/ अवलोकनका लागि आउने बाह्य तथा आन्तरिक पर्यटक समेत प्रभावित भएका छन् ।
बिगत लामो समय देखि जिल्लामा पानीको मागलाई सम्बोधन गर्न भनी विभिन्न आयोजनाहरु समेत थालिएपनी त्यो अँझै प्रभावकारी बन्न सकेको छैन ।










