काठमाडौं– न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई बर्खास्त गरेको छ । उनले ३३ किलो सुन प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा बदनियत गरेको अभियोग परिषद्ले लगाएको छ ।परिषद्ले यही प्रकरणसँग जोडिएका दुई न्यायधीशको दुई वर्ष बढुवा रोक्ने पनि निर्णय गरेको छ । यसरी बढुवा रोकिने दुई न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटा हुन् । यसअघि यी तिनै न्यायाधीशलाई परिषद्ले स्पष्टीकरण सोधेको थियो । त्यसपछि यो निर्णयमा परिषद् पुगेको हो । परिषद्ले छ महिना लगाएर गरेको अनुसन्धानपछि यो निर्णय गरेको हो ।