असार १७, २०७६

काठमाडौँ - भारतको नोयडामा पत्नीले तरकारी किन्न ३० रुपैयाँ माग्दा पतिले सम्बन्धविच्छेद गरिदिएका छन् । पतिले सम्बन्धविच्छेद गरेपछि पीडित पत्नी मुरसलीनले आफ्ना पति साबिर लगायत थप ५ जना विरुद्ध मुद्दा हालेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफ्ना पति, देवर, जेठानी, जेठाजु र सासूलाई आफूमाथि दाइजो नल्याएको कारण कुटपीटको मुद्दा दायर गरेकी हुन् ।

प्रहरीले २९ जुनमा साँझ उनले आफ्नो पतिसमक्ष तरकारी किन्न ३० रुपैयाँ मागेको पुष्टि गरेको छ । पैसा मागेपछि पति साबिरले पैसा दिनुको सट्टा मुरसलीनमाथि कुटपीट गरेका थिए । कुटपीटसँगै तीन पटक 'तलाक' भनेपछि सम्बन्धविच्छेद भएको थियो ।

भारतको मुस्लीम समुदायमा 'तलाकप्रथा' अझै कायम छ । पत्नीलाई पतिले ३ पटक तलाक भनेपछि सम्बन्धविच्छेद भएको मानिन्छ । तर मुरसलीनले उजुरी दिएपछि प्रहरीले आरोपीविरुद्ध मुद्दा दायर गरेको छ ।