मेष
मेष राशिका लगि आजको दिन अनुकूल भएर बित्नेछ । गरेका काम सम्पन्न हुनाले मनमा प्रसन्नता बढ्नेछ । मान सम्मान मिल्नेछ ।
बृष
वृषराशिका लागि आजको दिन अनुकूल रहने छ । आकस्मिक धन प्राप्तिको योग रहेको छ । मिष्ठान्न भोजन तथा विलासिताका वस्तु प्राप्तिको योग परेको छ ।
मिथुन
मिथुन राशिका लागि धन तथा सुख प्राप्तिको योग परेको छ । विरोधिहरु निष्कृय रहनाले गरेका कामहरुमा उत्साह मिल्ने योग परेको छ ।
कर्कट
कर्कट राशिका लागि आजको दिन त्यति अनुकूल नरहला । शारीरिक समस्या बढेर जाने छ । हुन लागेका काम रोकिनाले चिन्ता बढ्ने छ ।
सिंह
सिंह राशिका लागि आजको दिन केही प्रतिकूल रहला । अविश्वास बढेर जाने र आफन्तीजनबाट विश्वासघात हुनेछ । शारीरिक आलश्यता बढेर जाला ।
कन्या
कन्या राशिका लागि आजको दिन अनुकूल रहला । गरेका काममा सफलता मिल्ने तथा भौतिक सुविधा प्राप्त होला । मित्रजनको सहयोग मिल्नेछ ।
तुला
तुला राशिका लागि आजको दिन अनुकूल नरहला । मानहानी हुने तथा विद्याक्षेत्रमा हानी हुने योग छ । धनको नाश हुने वा अधिक खर्च हुने योग परेको छ ।
बृश्चिक
वृश्चिक राशिका लागि आजको दिन प्रतिकूल रहला । अनावश्यक हानी हुने योग छ । प्रशानिक काममा व्यवधान रहने छ ।
धनु
धनुराशिका लागि आजको दिन त्यति अनूकल नरहला । धनमाल राउने वा चोरी होला । प्रशानिक झमेला बेहोर्नु पर्ने योग छ । शारीरिक कष्ट हुनेछ ।
मकर
मकर राशिका लागि आजको दिन अनुकूल रहला । प्रियजनसँगको भेट हुनेछ । धनलाभको सम्भावना छ । साथै कार्यमा प्रगति हुने योग छ ।
कुम्भ
कुम्भ राशिका लागि आजको दिन सुखद रहला । मान सम्मान बढ्ने तथा कार्य सिद्धिको योग छ । प्रियजनसँगको भेटले मन प्रशन्न रहनेछ ।
मीन
मीन राशिका लागि आजको दिन त्यति अनुकूल नरहला । शारीरिक समया बढ्ने, मनमा तनाव बढ्ने योग परको छ ।



