दमक/
बेदु गौतम दमकमा नौलो नाम होइन । ब्यवसायीकसंगै राजनीतिक क्षेत्रमा एउटा उदाउदो नाम हो ।
कपडा ब्यवसायी उनि पछिल्लो समयमा राजनीतिकर्मीको रुपमा चिनिने नाम हो ।
दमकका बासिन्दा गौतम अहिले माओदी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्यसंगै दमक नगर कमिटीका सह इन्जार्चको जिम्मेवारीमा रहेकाछन् ।
कुशल संगठकको रुपमा आफ्नो पहिचान बनाउने ध्याउन्नेमाछन् ।
स्पष्ट बिचार भएका गौतम राजनीतिक माध्यमबाट सामाजिक सेवामा सक्रिय रहने आफ्नो दृढ इच्छा रहेको बताउछन् ।
ब्यवसायीक रुपमा आफुलाइ सक्षम बनाएर निस्वार्थ राजनीति गर्ने उनको सोच छ ।










