काठमाडौं। शंखमुलमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भयो। एकजना बाँच्न सफल भए। घटना मंगलबार साँझको हो। शंखमुलको चामुण्डा मन्दीर छेउको बाटोमा ढल निकासका लागि पाइप राख्न डोजरले १२ फिट गहिरो खाडल खनेको थियो। त्यसमा पाइप राख्न दुई जना आफूलाल महर्जन र कृष्ण महर्जन खाडलमा पाइप राखिरहेका थिए। यत्तिकैमा माटोको ढिस्को खसेर कृष्ण पुरिए भने आफूलाल भागेर बाँच्न सफल भए। बाँच्न सफल आफूलाल घटनालाई यसरी सम्झिन्छन् :
दिउसो कृष्ण ढल निकासको लागि पाइप राख्न जाउँ भनि मलाइ खबर गर्न आए। त्यसपछि दुईजाना घरबाट निस्क्यौं। कृष्ण माटो खन्नका लागि डोजर ल्याउँछु भनेर गए। डोजर आयो र झण्डै १२ फिट माटो खन्यो।त्यसपछि हामी दुईजना ढल निकासको लागि पाइप राख्न भनि खाडलमा गयौं। हामीले तीनवटा पाइप राखिसकेका थियौं। पाइप दिनको लागि कृष्णका छोरा सघाइरहेका थिए। उनी माथि नै थिए। उनकी श्रीमती पनि माथिबाट हेरीरहेकी थिइन्।
हामी अर्को पाइप राख्ने तयारीमा थियौं। यत्तिकैमा अलिअलि माटो खस्न थाल्यो। मैले भाग माटो खस्यो भने। हामी दुबै भाग्यौं। म यता भागे उ अर्कोपट्टि। यत्तिकैमा जता उ भाग्यो उतैपट्टि माटोको ढिस्को आएर पुर्यो। धन्न संयोगले म बाँचे।’कृष्णकोे उद्दारका लागि तुरुन्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी आएपनि कृष्णको उद्दार गर्न झण्डै २ घण्टा लाग्यो। जतिबेला उनको शरीर मात्रै निकालिएको थियो।। हेर्नुस् भिडियो :










