इटहरी । इटहरी उपमहानगरपालिका १५ का वडाअध्यक्ष श्रवण कुमार चौधरी जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन् । चौधरी दुवहीमा प्रकाउ परेका सुनसरी प्रहरी प्रवक्ता ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन ।
उनिसहित ५ व्यक्तीलाइ पक्राउ गरेको हो । उनिहरूको साथबाट नगद २ लाख समेत बरामद भएको प्रहरीले जानकारी दिएका छ । प्रहरीका अनुसार उनीहरू दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका(६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान ५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन् । पुर्बेली न्यूज बाट साभार फोटो फाइल










