दमक/नगरपालिकाले बिभिन्न सामाजिक संघसंस्था तथा अस्पतालहरुसंग समन्वय गरेर आयोजना गरेको दुइदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट एकहजारभन्दा बढि लाभान्वित भएकाछन् ।
विशेषज्ञ सहित अस्पतालमा पाइने ल्याव, भिडियो एक्स रे, इसिजि तथा इको सहितका अन्य सेवाहरु शिबिरमा रहेका थिए ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको भवनमा मंगलवार प्रदेश सभा सदस्य अर्जुन राइ, नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहितको उपस्थितिमा शिविर उद्घाटन भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार बहुआयमीक रुपमा स्वास्थय शिविर बुधबार सकिएको छ । मंगलवार सबै प्रकृतीका विरामी र ब्ुधबार महिलारोग सम्बन्धिको विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर गरिएको हो । लायन्सको पनि सहभागिता
यसैबीच उक्त स्वास्थ्य शिबिरमा लायन्स क्लवहरुले पनि सहभागिता जनाएको छ । लायन्स क्लव अफ माउण्ट एभरेष्टले स्थानीय ब्यवस्थापन सहित विरामीहरुलाइ निशुल्क रुपमा जुस वितरण गरेको थियो । माँ काली मार्केटिंगले निशुल्क रुपमा रसना जुस उपलब्ध गराएको क्लवका अध्यक्ष मनोज अग्रवालले बताए ।
क्लवका सचिव रामकुमार थपलियाका अनुसार दूइदिनसम्म ब्यवस्थापकीय रुपमा स्वास्थ्य शिविरलाइ सफल बनाउन लागिपरेको जनाए ।
यसैगरी लायन्स क्लव अफ दमक ग्रीनसिटीले औषधि ब्यवस्थापनमा सहयोग गरेको थियो भने सेविकाले स्वयंसेवक ब्यवस्थापन हेरेको जनाईएको छ ।










