काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लाबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफादार छलफलमा बुधबार उनले कर्मचारी सरुवामा सांसदले दवाव दिने औंल्याएका हुन् ।
‘कर्मचारी सरुवा नबोक्ने माननियहरुको संख्या कति होला?’ उनले भने, ‘एक जना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई मकहाँ लिएर आए तर मैले सरुवा गरिनँ।’ उनले ती नासु र सांसदको नाम नखुलाइ अघिल्लो कार्यकालको घटना भन्दै अहिले पनि त्यस्तै अवस्था रहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।










