काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा २०७६ असार ७ गते अपराह्न बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको थियो । नेकपा केन्द्रीय सचिवालय बैठकले “एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भएपनि केही काम बाँकी छन्, बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको” थियो । दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रममा रहेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा २०७६ असार ७ गते बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय गरेको थियो।
राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको जिम्मा अध्यक्षद्वयलाई दिईएको थियो। त्यसैका लागि २०७६ असार १८ गते अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अस्वस्थ भएको जानकारी पाएपछि बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामन गरेर फर्किएको स्रोत बताउछ। प्रधानमन्त्री निवास स्रोतका अनुसार, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पेट सम्बन्धी समस्याले गर्दा अस्वस्थ गर्दा राजनीतिक भेटघाट र कामकाज सबै बन्द गरिएको छ। चिकित्सकहरुले उपचारमा जुटेको स्रोत बताउछ।साँघुबाट










