बालविकास सहयोगीलाई पोशाक भत्ता

सरकारले सार्वजनिक विद्यालयका प्रारम्भीक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुलाई समेत पोशाक भत्ता उपलब्ध गराउने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशभर सहयोगी र विद्यालय कर्मचारीगरी ६४ हजार रहेका छन् । उनीहरुलाई जनही १० हजार रुपियाँ पोशाक भत्ता उपलब्ध गराइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो जानकारी दिएकाहुन् ।