असार २०, २०७६/ काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको बौद्धिकताको अर्थ नेकपामा मात्र हुने भन्दै पार्टीमा आउन आह्वान गरेको केही घण्टा नबित्दै बाबुरामले जवाफ फर्काएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत बाबुरामले दीपक मनाङेजस्ता बौद्धिकहरू रहेको पार्टीमा अरू बौद्धिक आवश्यक पर्छ र भन्दै प्रश्न गरेका हुन् । 'कमरेड दीपक मनांगे जस्ता “बौद्धिक” भएको “कमाउनिष्ट” पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?' बाबुरामले ट्वीटरमा लेखेका छन् ।

यसअघि बाबुरामको पार्टीका नेताहरूलाई नेकपामा स्वागत गर्दै प्रचण्डले बाबुरामको बौद्धिकताको अर्थ र महत्त्व नेकपामा मात्र हुने बताएका थिए । त्यसपछि बोलेका नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुराम मात्र नभएर फोरमहरू पनि नेकपामा अट्न सक्ने अभिव्यक्ति दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड