काठमाडौँ– प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बौद्धिकताका बारेमा दोहोरी चलेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको एक कार्यक्रममा नयाँ शक्ति हँुदै समाजवादी पार्टीको अध्यक्ष बनेका डा. भट्टराईलाई नेकपामा आएर बौद्धिकताको सदुपयोग गर्न आग्रह गरेका थिए । ओलीले व्यङ्ग्यात्मक शैलीमा नेपालमा पीएचडीको उपाधी पाउने डा. भट्टराईमात्रै नभएको पनि बताएका थिए । ओलीको यस्तो अभिव्यक्ति आएको केही घण्टामै डा. भट्टराइले ओलीलाई कडा जवाफ दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार दिउँसो ओलीको भनाइप्रति संकेत गर्दै ट्विटमार्फत भट्टराईले प्रश्न गरेका छन् । उनले लेखेका छन् ‘कमरेड दीपक मनाङ्गेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’ भट्टराईले नेकपालाई मम्युनिष्ट नभएर कमाउनिस्ट पार्टी भनेका छन् ।