बारा -बाराको जीतपुरसिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस अमलेखगञ्जको दुई नम्बर पुल नजिकै सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
गम्भीर घाइतेको हेटौंडा, वीरगन्ज र सिमरामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । तीब्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।










