नेकपा एमालेले झापाको क्षेत्र नंं ६ तथा गौरादहमा बाटो बिराएर अन्य पार्टीमा लागेकाहरुलाइ आफ्नो पुरानो घर फर्काउन थालेको छ । नेकपा एमाले झापा क्षेत्र नंं ६ का सचिब नगेन्द्र भण्डारीका अनुसार माओबादी केन्द्रका एक नेता स परिवार एमालेमा प्रवेस गरेकाछन् । झापा गौरादह नगरपालिका वडा नं.२ माओवादी सम्बद्ध कोचिला राज्य समितिका उपाध्यक्ष भइसकेका र हाल माओवादीकेन्द्रका झापा जिल्ला सदस्य लेखनाथ ताजपुरिया एमालेमा प्रवेस गरेका हुन् । उनि माओबादी केन्द्रमा मजदूर नेताको रुपमा परिचित रहेका थिए ।