पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसारमा लि· भेद किन भएको होला ?संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ?पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ

यो पनि पढ्नु होस:-पदको दुरुपयोग: सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलाशा भएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको सेफोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको हो ।

पदको दुरुपयोग गर्र्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्बो टोली लिएर दर्शन गर्न पुगेका थिए । मंगलबार विहान साँढे ८ बजे मन्दिर परिसरमा हेलिकोप्टर ल्यान्ड गरेर उनकी श्रीमती र छोरा सहितको टोलीले मन्दिरमा दर्शन गरेको स्रोतले जानकारी दियो ।ब्यारेक निरिक्षण गर्न गएको बताएका उनले कुरा फेर्दै आफू निकुञ्ज निरिक्षण गर्न गएको पनि बताए । तर, उच्च स्रोतका अनुसार उनी कुनै निरिक्षण गर्न गएका थिएनन् । उनको निजी भ्रमण नै थियो । दियोपोष्टको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah