दमक । झापाको दमक नगरपालिकामा पहिलो पटक नगर स्तरीय दलित प्रोफाइल तयार गरेर सार्वजनिक गरिएको छ । दमक नगरपालिका र दलित शशक्तिकरण अभियान मञ्च दमकले एकबर्षभन्दा लामो समय लगाएर दमक नगरस्तरीय दलित प्रोफाइल बनाएर सार्वजनिक गरेको हो ।

नगर प्रोफाइलमा दमक नगरक्षेत्र भित्र बसोबास रहेका दलित घरधूरी, शैक्षिक अवस्था, आर्थिक, भूमिको स्वामित्व, स्वास्थ्य, नेतृत्वको अवस्थाहरुको बिषयमा प्रत्येक घरधुरीमा पुगेर याकिन अवस्था ल्याइएको मञ्चका सचिब अमर बराइलीले बताउनु भयो । यसका साथै दलितहरुका आम्दानीको श्रोत र उनिहरुमा भएको सीपहरुको बिषय पनि प्रोफाइलमा उल्लेख गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार जनसंख्या , घरको अवस्था, जातिगत लगायतका बिवरणहरु पनि समावेश रहेकाछन् । बिदेशमा रोजगारी जानेको संख्या देखि लिएर यहाँ गरिरहेको सीपको बिवरण पनि रहेको छ । शौचालय, खानेपानीको प्रयोग, टोल बिकास संस्थामा प्रतिनिधित्व लगायतका बिषयहरु सबै हालेर पुस्तक नै प्रकाशित गरिएको बराइलीले जनाउनु भयो । मञ्चका अध्यक्ष टिकाराम बयलकोटीका अनुसार दमकभित्र बसोबास गर्ने दलितहरुको यथार्थ बिवरण र उनिहरुको अवस्था अध्ययन गरेर प्रोफाइल बनेको र यो नगरपालिकाको एउटा सम्पती बनेको बताउनु भयो । नगरपालिकाले पहिलोपटक दलितहरुको बिषयमा यो अत्यन्त महत्वपूर्ण काम गरेको उहाँको भनाइ रहेको छ ।

दमक नगरपालिकाका कार्यकारी प्रमुख युवराज दाहालका अनुसार दलित समुदायको यथार्थ अवस्था सहितको बिवरणले अब नगरपालिकाले कार्यक्रम तय गर्दा धेरै फाइदा पुग्ने उल्लेख गर्नु भयो । दलित प्रोफाइलले दलितको क्षेत्रमा काम गर्नका लागि सहज हुने र गैह् सरकारी संस्थाहरुले पनि काम गर्न चाहेमा त्यसले सजिलो पार्ने उहाँको भनाइ रहेको छ । यसलाइ नगरपालिकाको सम्पती र उपलब्धिको रुपमा राख्ने उहाँले बताउनु भयो ।