सर्लाही। विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ। कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो।

मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो। उनको समयमै उपचार हुन नपाउँदा मृत्यु भएको बताइएको छ।