काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भइरहँदा भूकम्पको झड्का महशुश भयो ।
अपरान्ह ४ बजेर १५ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चियो ।
बाहिर पानी परेपनि मानिसहरु सुरक्षित हुन निस्किए ।
हजारौंको ज्यान गएको २०७२ सालको महाभूकम्प र त्यसपछिको पराकम्पको भुक्तभोगी उपत्यकावासी यसपटक पनि त्रसित भए ।










