प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । देउवा भेट्न प्रचण्ड साँझ करिब सवा ६ बजेतिर उनको निवास बुढानीलकण्ठ पुगेका थिए । दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो । बालुवाटार उच्च स्रोतका अनुसार भेटमा प्रचण्डको चीन भ्रमण, नेपाल प्रंहरीको आईजिपी नियुक्ति र उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधिको वरीयता विवाद लगायत विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले चीन भ्रमण सफल भएको ब्रिफिङ गरेका थिए । चीन नेपालमा स्थायित्वका लागि निर्वाचन होस् भन्ने पक्षमा रहेको र त्यसका लागि सहयोग गर्ने पक्षमा रहेको रिपोर्टिङ उनको थियो ।

आफ्नो भ्रमणले केपी ओली सरकार ढलेपछि बिग्रिएको भनिएको नेपाल–चीन सम्बन्ध सुधार भएको दाबी उनको थियो । भेटटमा प्रचण्डले निर्वाचन सुरक्षाको प्रमुख जिम्मेवारी लिनुपर्ने नेपाल प्रहरी नै लामो समयसम्म नेतृत्वविहीन हुँदा सुरक्षा कमजोर हुने भन्दै तत्काल आर्यजिपी नियुक्त गर्नेपर्नेमा देउवाको ध्यानाकर्षण गराए । सर्वोच्च अदालतको आदेशलाई ध्यानमा दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सर्वोच्चले तेश्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय खारेज गर्दै वरिष्ठता र कार्यक्षमताका आधारमा पहिलो वरीयताका डिर्आइजी नवराज सिलवाललाई महानिरीक्षक नियुक्त गर्न सरकारका नाममा आदेश दिए पनि अझै महानिरीक्षकको टुंगो लागेको छैन ।

उच्च स्रोतका अनुसार देउवाले सिलवाललाई कुनै हालतमा प्रहरी प्रमुख बनाउन नहुने अडान दोहो¥याएका छन् । उनले सिलवाललाई प्रहरी प्रमुख बनाएर निर्वाचनमा गए स्थानीय तह एमालेले कब्जा गर्ने जिकिर गरे । देउवा सकभर पुनः जयबहादुर चन्द र नभए दोश्रो वरीयताका प्रकाश अर्याल वा चौथो वरीयताका बमबहादुर भण्डारीलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने अडानमा छन् । तर, प्रधानमन्त्रीले पुनः चन्दलाई बनाए वा वरीयता मिचेर अर्याल वा भण्डारीमा जाँदा फेरि सर्वोच्चले अर्को आदेश दिने सम्भावना भएकाले यो प्रकरणलाई धेरै लम्ब्याउन नहुने अडान लिएका छन् । ‘अदालतको आदेश मानेर जाँदा नै ठीक हुन्छ’, प्रधानमन्त्रीको भनाइ उृद्धत गर्दै स्रोतले भन्यो, ‘नवराज सिलवाल फेरि अदालत जाने र अदालतले अर्को आदेश दिने सम्भावना मैले देखेको छु ।’

तर, देउवा सिलवालको पक्षमा सकारात्मक भएनन् । अन्तिमसम्म पनि उनले सर्वोच्चले मन्त्रिपरिषदको कार्यकारी अधिकारमा सर्वोच्चले हस्तक्षेप गरेको भन्दै उक्त फैसला मान्न जरुरी नरहेको बताए । आफ्नो अडानलाई साथ नदिने मुडमा प्रधानमन्त्री रहेको बुझेपछि देउवा रिसाएका थिए ।

प्रधानमन्त्री र देउवाबीच उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीचको वरीयता विवाद छताछुल्ल हुने गरी बाहिर आएका विषयमा समेत छलफल भएको थियो । उनले थापालाई सरकारमा ल्याउनुअघि नै आफू, देउवा र थापा बसेर वरीयता विवाद टुंगो लगाएको स्मरण गर्दै निधिले अनावश्यक विवाद झिकेकाले सम्झाउन आग्रह गरे । देउवाले प्रधानमन्त्रीपछि दोश्रो वरियता दिने बताएपछि मात्र थापा सरकारमा आएको स्वीकार गरे ।

तर, आफ्नो आग्रह निधिले नमानेका कारण विवाद बढेको जनाए । प्रधानमन्त्रीले वरीयता विवाद टुंगो नलाग्दासम्म मन्त्रिपरिषद बैठक नबोलाउने जानकारीसमेत देउवालाई दिएका छन् । बिहीबारको नियमित मन्त्रिपरिषद बैठक उपप्रधानमन्त्रीको वरीयता विवादकै कारण बस्न सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah