काठमाडौं । जापानमा रोजगारीका लागि गएका नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि जापान गएका बागलुङ गलकोटका युवाको साईता सिटीमा मृत्यु भएको हो ।
४० वर्षीया भविलाल घर्तीको शनिबार राति काम सकेर रुम फर्कदौ गर्दा रेलभित्र हृदयघात भएर बेहोस भएका थिए । बेहोसपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो ।










