इटहरी । इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारबिरुद्द प्रहरीले अप्रेसन थालेको जनाएको छ ।केहि समय यता इटहरीको पश्चिम लाईनको होटलमा यौनधन्दा भईरहेको भन्दै प्रहरीले दैनिक होटलमा छापा मार्न थालेको हो । क्रबार प्रहरीले इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको पाईएको छ । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ।

इटहरीको पश्चिम लाईनमा यौनधन्दाको ग्राफ केहि बढ्दो देखिएको बताउँछन इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर जितेश दाहाल । शहरकै बदनाम हुने अवस्था भए पछि अहिले हामी कडाई गर्न थालेको बताए । अहिले प्राय दैनिक चेकिङ पनि सुरु गरेका छौ दाहाल भन्छन् । हामीले अहिले दैनिक होटलहरुमा छापा मार्न थालेका छौ दाहालले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले इटहरी क्षेत्रमा यौनधन्दालाईं रोक्न सक्रियता देखाएपनि केही सीमित सञ्चालकले अनेक उपाय रचेर बेलाबखत गरेका कार्य पनि बाहिरिदै गएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाई भन्छन् कर्लगर्लहरुको समस्या केहि महिना यता बढ्दो रहेको बताउँछन । उनी भन्छन् जनताको जनगुनासो बढ्दो छ ।

यौनकर्मी र यौनधन्दा गराउँनेलाई नछोड्ने उनको भनाई छ । गुनासोकै क्रममा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गले छोएको इटहरी वडा नं. १६ र १७ मा पर्ने लविपुर चोकदेखि बालग्राम चोकदेखि पश्चिमतर्फ सडकको दुवै तर्फ रहेका होटलमा यौनधन्दा गराउने गरेको गुनासो गाउँलेले प्रहरीसमक्ष गर्ने गरेका छन् । प्रहरीले जेठ महिनामा १२–१३ जोडीलाईं पक्राउ गरि सकेको छ ।

स्कुले छात्रा नै होटलमा चेक गर्दा ब्वाई फ्रेन्डसँग भेटिइन् ।’ कक्षा नौं मा पढ्ने ती स्कुले छात्रालाई समेत स्कुल ड्रेसमै भेटिएको थियो । होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले केहि ब्यवासायीहरुले गति छोडेका छन भन्ने छ । हामी यस विषयमा गम्भिर छौ इटहरीको बदनाम गराउँन खोजियो । ब्यवसायीहरुले पहिलाको जस्तो यौनधन्दा भएको छैन । यौनधन्दा गराउँनेलाई कार्वार्ही गुर्न पर्ने उनको माग छ । केहि ब्यवसायीले गर्दा इटहरीको बदनाम भईरहेको भन्दै यस्ता विषयमा होटल ब्यवसायी संघ ब्यवसायीको समर्थन नगर्ने उनको भनाई थियो ।