विराटनगर / मोरङको धनपालथान गाउँपालिका – ४ स्थित शाखा कार्यालय रहेकोे नेपाल बङ्गलादेश(एनवि) बैंकका मेनेजर विराटनगरस्थित एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

झापाको बुधबारे घर भएका बैंकका मेनेजर ४५ वर्षीय अमित बास्तोलालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।  बास्तोलाले ती महिलालाई कर्जा दिने प्रलोभन देखाएर करणी गरेको मोरङ प्रहरीको प्रराम्भिक चरणको अनुसन्धाबाट खुलेको छ । ती महिलालाई कर्जा आवश्यक परेकोले बैंकका मेनेजर बाँस्तोलाले ४ लाख रूपैयाँ कर्जा दिने प्रलोभन देखाएर करणी गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडितले दिएको उजुरी दर्ता भएपछि बास्तोलालाई प्रहरीले मोरङको रङ्गेली ७ बाट असार १६ गते पक्राउ गरेको थियो । पक्राउ परेका बाँस्तोलालाई जिल्ला अदालत मोरङमा जबरजस्ती करणी अन्तर्गत मुद्दामा आज सात दिनको म्याथ थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए । श्रोत-

http://www.blastkhabar.com/news/2019/07/07/106796.html