दमक/झापा दमकमा एक ब्याक्तिको शव सडेको अवस्थामा फेला परेको छ ।
दमक नगरपालिका वडा नं. २ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा सडेको शव फेला परेको भेटिएको प्रहरीले जनाएको छ ।
ईलाम चुलाचुली गाँउपििलका ५ बस्ने बर्ष ४० को अर्जुन राईको शव रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनि केहिदिन अघि देखि घरबाट हराइरहेका थिए ।
कानुनि प्रकृया पुरा गरी लास पोष्टमाटमको लागी दमक अस्पताल दमक पठाइएकोमा लास सडि गली सकेको भएकोले पोष्टमाटमको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










