कुनै पनि पुरुषले महिलालाई कहिल्यै नभन्ने कुराहरु छन् । तर त्यस्ता कुराहरुद्वारा तपाईंले आफ्नो पुरुष मित्रलाई अझै राम्रोसँग चिन्न र आफ्नो सम्बन्ध थप प्रगाढ बनाउन अवश्य मद्दत पुर्याउने छ । पुरुषका केही गोप्य तथ्यहरु ।
१. पुरुषले आफ्नो केटी साथीले उसका अरु साथीलाई माया गरोस् भन्ने चाहन्छन् तर मन पराओस् भनेर चाहँदैनन् । पुरुषले आफ्नो गर्लफ्रेन्डले उसका साथीसँग केही समय बिताओस् भन्ने चाहन्छन् तर सधैँ साथीहरुसँग समय बिताएको अगाढ माया दर्साउने कुराहरु नगर्दा नै उचित हुन्छ ।
२. पुरुषले आफ्नो गर्लफ्रेन्डले जो–कोहीको पनि अत्यधिक प्रशंसा गरेको मन पराउँदैनन्।
३. पुरुषले आफूभन्दा राम्रो केटा भेट्टाउला कि भनेर सधैँ चिन्तित हुन्छन् । केवल पुरुषहरुमात्र यस चिन्ताबाट गुज्रदैनन्, पुरुषहरु पनि गुज्रन्छन् । फरक यतिमात्र हो कि पुरुषहरु यस्तो चिन्ता सजिलैसँग लुकाउन सिपालु हुन्छन् ।
४. केटाहरु पनि आफ्नो प्रेमिकाको अँगालोमा बाँधिन चाहन्छन् । यसको मतलब केटाहरुको दिमागमा केवल सेक्समात्र हुन्छ भन्ने होइन् । महिलाहरुमात्र होइन, पुरुषहरु पनि आफ्नो महिलाको न्यानो अंगालोमा रमाउन चाहन्छन् तर कहिल्यै यो कुरा स्वीकार गर्दैनन् ।
५. महिलाले आफ्नो पुरुष मित्रले आफ्नो साथीहरुसँग बिताएको समयको बारेमा केही भन्लान् भनेर आशा गर्नु व्यर्थ हुन्छ चाहे त्यो महिलाको मामिलामा होस् कि खेलकुद, कार वा बाइकको बारेमा नै होस्, केटाहरुले आफ्ना साथीहरुसँग गरेको क्रियाकलापको बारेमा खुलासा गर्न चाहँदैनन् ।



