दोहा, गत ५ जुलाई २०१९का दिन, कतारको औधोगिक क्षेत्र स्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको तेस्रो राष्ट्रिय महाधिवेशन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यमा अधिवेसन सम्पन्न भएको हो ।

गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य विमल सुबेदी, राष्ट्रिय समन्वय परिषदकतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, सलिसाम कतारका सल्लाहकारहरु देवी थेगुवा, मंगलसिं वनेम, राम चन्द्र ग्याबा तामाङ, नरेन सावाँ, नेपाल प्रवासी मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्रि अजिज अलि लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाधिवेशनले रेखा राईको अध्यक्षतामा ५१ जनाको कार्य समिति बनाएको छ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् । यसैगरी महासचिवमा नगेन पाक्सावा, उपमहासचिवमादेवी प्रसाद आङदेम्बे र सुजन पराहाङ लिम्बु, सचिव होम खेसेहाङ फियाक, अर्थसचिव कुमार सिं योङहाङ, सह–अर्थससचिव महेश राई रहेकाछन ।