काठमाडौं– भिडभाडमा 'सिरिन्ज'ले घोचेको आरोप लगाउँदै काभ्रेको बनेपाबाट एक जनालाई स्थानीयले नियन्त्रणमा प्रहरीलाई बुझाएका छन्। बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट एक युवालाई स्थानीले समातेका हुन्। उनले नै सो कार्य गरेको हो/होइन भन्नेबारे खुलिनसकेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए
काभ्रेकी एक युवतीले केही दिनअघि आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीसामु उजुरी दिएकी थिइन्। यसैबीच, घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन्। नेपाल लाइभ बाट










