तपाईं आफ्नो कार्यालयमा तनावमा हुनुभयो भने राति धेर खाने वा जंक फूड खाने गर्न थाल्नुहुन्छ । यसले तपाईंको स्वास्थ्यलाई नराम्रो असर पार्छ ।

एक नयाँ अनुसन्धानका अनुसार राति राम्रो सुत्दा कार्यालयमा तनावबाट बच्न तथा बेलुका अस्वस्थ खाना खानका लागि प्रेरित नहुन मद्दत पुग्छ ।

अमेरिकाको मिसिगन विश्वविद्यालयमा मनोविज्ञानका एसोसिएट प्रोफेसर तथा अनुसन्धानकी सहलेखिका चू सीयाङ चाङले भनिन्, ‘जुन कर्मचारीलाई कार्यालयमा दिनभरि तनावको सामना गर्नुपर्ने स्थिति आउँछ, उनीहरू नकारात्मक भावनाहरूलाई भान्सामा लिएर आउँछन् । अनि उनीहरू सामान्यभन्दा बढी भोजन गर्छन् र जंक फूड खाइदिन्छन् ।’

अनुसन्धानको निष्कर्ष जर्नल अफ एप्लाइड साइकोलोजीमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा २३५ जना कर्मचारीमाथि दुई फरक फरक अध्ययन गरिएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारीले दिनदिनै दिमाग खियाउने भारी काम गर्नुपर्ने हुनाले तनाव खेप्नुपर्छ ।

अर्को अध्ययन चाहिँ कल सेन्टरमा काम गर्ने कर्मचारीमाथि गरिएको थियो । उनीहरूले अनेकथरी ग्राहकसँग कुराकानी गर्दा तनाव खेप्नुपर्छ ।

अमेरिकाको इलिनोइ विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर तथा अनुसन्धान प्रतिवेदनका सहलेखक इहाओ लिउले भने, ‘दुवै अध्ययनमा कार्यालयमा तनावपूर्ण काम गर्ने क्रममा कर्मचारीहरूले देखाउने नकारात्मक व्यवहार नै उनीहरूको बेलुकीको अस्वस्थकर भोजनमा रुचिसँग जोडिएको छ ।’

लिउले थपे, ‘समय समयमा भोजन गर्नु कुनै व्यक्तिको नकारात्मक व्यवहारलाई शान्त र नियन्त्रित गर्नका लागि उपयोगी हुन्छ किनकि खासमा व्यक्ति अनुकूल भावनालाई स्वीकार गर्न मन पराउँछन् ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah