काठमाडौँ । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेका छन् ।
आगलागीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजपत्रहरु जलेर नष्ट भएको वडा अध्यक्ष टेक बहादुर चौधरीले बताए ।आगजनीमा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आउँन बाँकी छ ।










