मोहनकुमार मल्ल। छाँयानाथ रारा नगरपालिकाले आफ्ना वडाका कृषकहरुको माग अनुसार बर्षे फलफूलका बिरुवा बितरण गरेको छ। छाँयानाथ रारा नगरपालिकालीको कृषि शाखाले नगरपालिका भित्रका १४ वडामा रहेका किसानले माग गरे अनुसारका वर्षे फलफूल अन्त्रर्गतका कागती र टिमुरका बिरुवा बितरण गरेको हो।
नगरपालिकाको कृषि शाखाको बार्षिक कार्यक्रम अन्त्रर्गत ४ लाख बराबरका १० हजार कागती र २ हजार टिमुरका बिरुवा १४ वटै वडाका किसानलाई प्रति बोट ५ रुपैयाँ लिएर बितरण गरिको छायानाथ रारा नगरपालिका कृषि शाखा प्रमुख उमाकान्त भण्डारीले जानकारी दिए।
दैलेख जिल्लाको नर्सरीबाट कागती प्रति बिरुवा ३० र टिमुर प्रति बिरुवा ५० रुपैयाँमा खरिद गरी किसानलाई सहुलियतमाप्रति बिरुवा पाँच रुपैयाँका दरले बितरण गरिएको हो। एक सात अगाडि कृषि ज्ञान केन्द्र जुम्ला अन्र्तगत मुगु सम्र्पक कार्यालयले कागती र सुन्तलाको बिरुवा जिल्लाका कृषानलाई बितरण गरेको थियो। कृषि सम्र्पक कार्यालयले त्यतिबेला किसानलाई प्रति बिरुवा ९ रुपैयाँका दरले कागती र सुन्तलाको बितरण गरेको थियो।
कागती र टिमुरको मूल्य बजारमा राम्रो भएकाले किसानलाई कागती र टिमुरको ब्यवसाहिक खेती गर्ने जागर देखाएको भएपनि नगरपालिकाले मागे अनुसारको बिरुवा भने दिन नसकेको र प्रति ब्यक्ति टिमुर एक देखि पाँचसम्म र कागती एक देखि १० सम्म मात्र प्रति ब्यक्तिले पाउने गरेको छाँयानाथ रारा –५ कृषक रामामाया रोकायाले बताइन्।










