वाशिंगटन डिसी । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ।दोलखा जिल्लाको लामीडाँडा स्थायी घर भएका ५० वर्षीया राजबहादुर तामाङ्गको अमेरिकाको भर्जिनियामा निधन भएको हो।भर्जिनियाको सार्वजनिक स्थल एक पार्कमा अमेरिकी प्रहरीले एक पुरुषको शव फेला पारेको र मृतकको खल्तीमा भएको परिचय पत्रको आधारमा नेपालीको शव भन्ने पत्ता लगाएको बताइएको छ।आजभन्दा ५० दिन अगाडि नै अमेरिकी प्रहरीले वाशिंगटन डिसी स्थित नेपाली दुतावासलाई खबर गरेको थियो तर नेपाली समुदायले जानकारी नै पाएको थिएन।

मृतक तामाङ्गकै समुदाय तामाङ्ग सोशाईटीले पनि थाहा नपाएको तामाङ्ग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष उत्तर लामाले डिसी नेपाललाई बताए। मृतक तामाङ्गको परिवार नेपालमा छोरीहरुले ‘मेरो बाबा कता हराउनुभयो । कृपया खोजीदिनुहोला’ भनेर नेपालदेखि छोरीले फेसबुकमा लेखेको देखेपछि बल्ल अमेरिकामा नेपाली समुदायलाई जानकारी भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि नेपाली समुदायले सोधखोज गरेपछि राज बहादुर तामाङ्गको मृत्यु भईसकेको र डेढ महिना पहिले नै प्रहरीले नेपाली दुतावासलाई खबर गरेको भन्ने पत्ता पाएको अध्यक्ष लामाले जानकारी दिए।नेपाली दुतावासका एक सहचारीको स्टाफ बनेर आजभन्दा २१ वर्ष पहिले अमेरिका आएका मृतक तामाङ्गको अमेरिकाको ग्रीन कार्ड पनि थियो।

यस बारेमा नेपाली दुतावासमा बुझ्दा श्रीमती वा छोरा छोरी बाहेक अरु साथीभाईले शव बुझ्न नपाउने अमेरिकाको कानून भएकोले शव बुझ्नको लागि नेपालदेखि छोरीलाई अमेरिका ल्याऊने प्रयास भईरहेको र अब दुई चार दिनमै छोरी अमेरिका आईपुग्ने दुतावास श्रोतले जानकारी दिएको छ।अन्य जातिले बितेको ४५ दिनमा ४५ औं पुन्यकर्म गरे जस्तै तामाङ्ग जातिको चाहिं ४९ दिनमा ४९ औं पुन्यकर्म गर्ने चलन भएकोले तामांग सोसाईटी अफ् ग्रेटर वाशिंगटनको आयोजनामा हिजो सोमबार बेलुकी स्वो तामाङ्गको ४९ औं पुन्यकर्म गरियो।

राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्ड राज्यको गेथेस्बर्ग पुल्शभिल स्थित अमेरिकनहरुको एक बौद्ध बिहारमा बुद्धिस्ट धर्मअनुसार आयोजित ४९ औं पुन्यकर्मको प्राथनामा मंक पहिरनका एक दर्जन अमेरिकी बुद्धिस्ट धर्मगुरुहरुले करिब ३ घण्टा तिबेतियन भाषामा लेखिएको बुद्धिस्ट धर्म ग्रन्थहरु पढ्दै झ्याली ढ्यांग्रो बजाएर पुजा गर्दै बुद्धिस्ट परम्पराअनुसार दिबंगत स्वो तामांगको चिरशान्तीको कामना गर्ने समारोह सम्पन्न भयो।स्व. राज बहादुर तामाङ्ग बिरामी भएर मृत्यु भएको कुरा तामाङ्ग सोसाईटीका सचिव हेमा लामाले बताईन्।

शाेक सभा