ओखलढुंगा – ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना हुँदा दुुई जना पुरुष र एक जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घाइतेमध्ये चार जनालाई काठमाण्डौ ल्याइएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । फाइल तस्बिर