#

भोजपुरमा प्रहरी र बिप्लव कार्यकर्ताबीच गोली हानाहान, प्रहरी सहित दुइको मृत्यु

    २०७६ असार २५, बुधबार १०:३० मा प्रकासित

काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सो घटनामा एक प्रहरी र एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाका अनुसार, भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो । मृतक राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज भएका बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु